क) प्रतिष्ठानगत सदस्यः
१. १५ करोड वा सोभन्दा बढी स्थिर सम्पत्ती भएको ।
२. १० करोड वा सोभन्दा बढी चुक्ता पूँजी भएको ।
३. वार्षिक कारोवार १० करोड भन्दा बढि भएको ।
४. सेवा उद्योगको हकमा वार्षिक कारोवार ५ करोडभन्दा बढी भएको ।
ख) संस्थागत सदस्यः
कम्तीमा १० वटा प्रतिष्ठान मिलि कानून वमोजिम नेपाल सरकारका विभिन्न निकायमा दर्ता भएका राष्ट्रिय स्तरका संघ संस्था तथा वस्तुगत संघहरू ।
परिसंघको सदस्यता तथा शूल्क सम्बन्धि जानकारी
नेपाल उद्योग परिसंघको विधान २०५८ (छैठौँ संशोधन सहित) को दफा १० को (क) अनुसार मिति २०८० जेष्ठ ३ गते सम्पन्न राष्ट्रिय परिषद बैठकको निर्णयानुसार निम्न किसिमको सदस्यताको व्यवस्था रहेको छ ।
क. प्रतिष्ठानगत सदस्यता (Corporate Membership):
प्रतिष्ठानगत सदस्यका लागि प्रवेश शुल्क रु १० हजार, सदस्यता शुल्क वापत रु ३५ हजार र वार्षिक नवीकरण शुल्क वापत रु ३५ हजार लाग्नेछ ।
ख. संस्थागत सदस्यता (Institutional Membership) :
संस्थागत सदस्यका लागि प्रवेश शुल्क रु १० हजार, सदस्यता शुल्क वापत रु ३५ हजार र वार्षिक नवीकरण शुल्क वापत रु ३५ हजार लाग्नेछ ।
ग. आजीवन कर्पोरेट सदस्यता (Life Time Membership):
यस अन्तर्गत सदस्यता शुल्कका लागि एक पटकमात्र एकमुष्ट रु २, ५०,०००।- (दुई लाख पचास हजार मात्र) भुक्तानी गर्नु पर्नेछ । यस सुविधा अन्तर्गत सदस्य बन्ने संस्थाले वार्षिक नवीकरण शुल्क बापत तिर्नुपर्ने रु ३५ हजार तिरिरहनु पर्ने छैन ।
घ. आजीवन संस्थागत सदस्यता:
यस अन्तर्गत सदस्यता शुल्कका लागि एक पटकमात्र एकमुष्ट रु १,५०,०००।- (एक लाख पचास हजार मात्र) भुक्तानी गर्नु पर्नेछ । यस सुविधा अन्तर्गत सदस्य बन्ने संस्थाले वार्षिक नवीकरण शुल्क बापत तिर्नुपर्ने रु ३५ हजार तिरिरहनु पर्ने छैन ।
परिसंघको सदस्यताका लागि पेश गर्नु पर्ने आवश्यक कागजातहरु
क) संस्था दर्ताको प्रमाण पत्रको प्रतिलिपि
ख) प्रबन्धपत्र, नियमावली वा विधानको प्रतिलिपि
ग) स्थायी लेखा नम्बर (PAN Number)
घ) कर्य समितिको निर्णयको प्रतिलिपि (संसथागत - Institutional सदस्यको हकमा मात्र)
ङ) लेखा परिक्षण प्रतिवेदन (प्रतिष्ठानगत सदस्यताको हकमा)
[द्रष्टव्य: नेपाल उद्योग परिसंघको सदस्यता प्रदान गर्ने अधिकार परिसंघमा निहित हुनेछ । सदस्यता प्रदान गर्न नसकिएमा सदस्यताका लागि आवेदकले बुझाएको रकम फिर्ता गरिनेछ ।]