logo

नेपाल उद्योग परिसंघ र विश्वबिद्यालका उपकुलपतिहरुसँग शैक्षिक क्षेत्रका विषयमा छलफल

नेपाल उद्योग परिसंघ र विश्वबिद्यालका उपकुलपतिहरुसँग शैक्षिक क्षेत्रका विषयमा छलफल

काठमाडौं।

नेपाल उद्योग परिसंघले शैक्षिक क्षेत्रका विषयमा विभिन्न विश्वविद्यालयका उपकुलपतिहरुसँग छलफल गरेको छ । परिसंघको शिक्षा परिषद्को संयोजनमा आज शुक्रबार पुर्वाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. बिजु कुमार थपलिया, लुम्बिनी विश्वविद्यालयका उपकुलपति प्रा. डा. सुवर्ण बज्राचार्य र मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति प्रा. डा. ध्रुव कुमार गौतमसँग अबको शिक्षाको प्रणाली तथा संयन्त्र कस्ता हुनुपर्ने, विश्वविद्यालय र उद्योगहरुबीच सहकार्यको सम्भावना र बजार केन्द्रित शैक्षिक कार्यक्रमलगायतका विषयमा छलफल भएको हो ।

छलफलमा परिसंघका उपाध्यक्ष निर्वाण चौधरीले उद्योगको आवश्यकता अनुरुप प्रयोगात्मक शिक्षा प्रणाली आवश्यक रहेको भन्नुहुँदै यसका लागि परिसंघ विश्वविद्यालयहरुसँग समन्वय, सहकार्य गर्न तयार रहेको बताउनुभयो ।

लुम्विनि विश्वविद्यालयका उपकुलपति बज्राचार्यले नेपालमा शिक्षाको गुणस्तर बृद्धी गर्न आवश्यक रहेको भन्नुहुँदै पाठ्यक्रम बजार आवश्यकता अनुसारको बनाउन जरुरी रहेको बताउनुभयो ।

 

पूर्वाञ्चल विश्वविद्यालयका उपकुलपति थपलियाले नेपालले सञ्चालन गरिरहेका प्रोग्राममा पुर्नविचार गर्नुपर्ने बताउनुभयो । शिक्षामा नयाँपनको आवश्यकता रहेको भन्नुहुँदै पूर्वाञ्चल विश्वविद्यालयमा आर्टिफिसियल इन्टलिजेन्समा स्नातकतहको पाठ्यक्रम सञ्चालनमा ल्याईएको जानकारी गराउनुभयो।

मध्यमाञ्चल विश्वविद्यालयका उपकुलपति गौतमले विदेशी विद्यार्थीहरुलाई नेपालमा आर्कषित गर्न विश्वविद्यालयहरु र्याङकिङमा केन्द्रीत हुनुपर्ने बताउनुभयो।विद्यार्थिहरुले र्याङकिङमा हेरेर विश्वविद्यालय छनौट गर्ने भएकाले विश्वविद्यालयको र्याङकिङ बृद्धी गर्नुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

छलफलमा नेपाल उद्योग परिसंघ शिक्षा परिषद्का सभापति द्धिराज शर्मालगायत सहभागी हुनुहुन्थो।

 

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP