परिसंघ (CNI) को २३औं वार्षिक साधारण सभाको सूचना
मितिः २०८३/०१/३०
श्री सदस्यज्यूहरु,
नेपाल उद्योग परिसंघको २३औं वार्षिक साधारण सभा यही २०८३ जेठ २२ गते शुक्रबार (तदनुसार Friday, 5th June, 2026) मा हुने भएको व्यहोरा सम्पूर्ण सदस्यज्यूहरुमा सहर्ष जानकारी गराउन चाहन्छौँ ।
साधारणसभा निम्नानुसार दुई सत्रमा काठमाण्डौमा सम्पन्न गर्ने तय गरिएको छ ।
समुद्घाटन सत्रः
साधारण सभाको समुद्घाटन समारोह २०८३ जेठ २२ गते, शुक्रबार अपरान्ह ४:३० बजे । (द सोल्टी काठमाण्डौ)
बन्द सत्र :
साधारण सभाको बन्द सत्र २०८३ जेठ २२ गते, शुक्रबार, बिहान ११ः३० बजे देखि (द सोल्टी काठमाण्डौ)
बन्द सत्रको विषय सूची मुख्यतया निम्नानुसार हुनेछ :-
१) परिसंघको कार्यक्रम एवं गतिविधि सम्बन्धि प्रतिवेदन ।
२) परिसंघको आ.व. २०८१/८२ को लेखा परिक्षण प्रतिवेदन तथा आ.व. २०८२/८३ को आय-व्यय विवरण प्रस्तुत
३) विविध ।
साधारण सभामा भागलिन आवश्यक प्रतिनिधि दर्ता फाराम यहाँहरुको प्रयोजनार्थ तल दिएको लिङ्कहरूबाट डाउनलोड गर्न सकिने व्यवस्था गरिएको छ ।
साधारणसभाका सम्पूर्ण कार्यक्रमहरुमा परिसंघका सबै सदस्य प्रतिनिधिज्यूहरुको सहभागिता सहित साधारण सभा सफल बनाउनका लागि हार्दिक आग्रह गर्दछौँ ।
साधारणसभा सम्बन्धि थप जानकारी आवश्यक परेमा परिसंघको सचिवालयमा सम्पर्क गर्नुहुन समेत अनुरोध छ ।
डाउनलोड लिंकहरू
[पुनश्चः परिसंघको विधानमा साधारण सभामा भाग लिन चालू आर्थिक वर्षको सदस्यता नविकरण गरिएको हुनु पर्ने प्रावधान रहेको जानकारी गराउदै यहाँको संस्थाको नविकरण भएको सुनिश्चित गर्नु हुन समेत हार्दिक अनुरोध गर्दछौं । साधारण सभाको व्यवस्थापनलाई सहयोग पुग्ने गरि साधारण सभामा भाग लिनु हुने प्रति प्रतिनिधि रु. ५,०००।– शुल्क लाग्ने व्यवस्था गरिएको व्यहोरा जाकारीको लागि अनुरोध छ । यस सम्बन्धि थप जानकारी प्रतिनिधि दर्ता फाराममा उपलब्ध रहेको छ ।]
महानिर्देशक
नेपाल उद्योग परिसंघ
थापाथली, काठमाण्डौ