logo

सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईयफ) को आठौँ वार्षिक साधारण सभा सम्पन्न; नयाँ नेतृत्व चयन

सीएनआई युवा उद्यमी मञ्च (सीएनआईवाइईयफ) को आठौँ वार्षिक साधारण सभा सम्पन्न; नयाँ नेतृत्व चयन

साउन १५काठमाडौँ नेपाल उद्योग परिसंघ युवा उद्यमी मञ्च (सीएनआईवाइईएफ) ले आफ्नो आठौँ वार्षिक साधारण सभा भव्यताका साथ सम्पन्न गरेको छ। शुक्रवार काठमाडौँको होटेल र्याडिसनमा देशका प्रतिष्ठित व्यक्तित्वहरू, सरकारी अधिकारीहरू, कूटनीतिज्ञहरू, उद्योगपतिहरू तथा युवा उद्यमीहरूको  उपस्थिति सभा सम्पन्न भएको हो

राष्ट्रिय योजना आयोगका सदस्य डा. पुकार मल्लनेपाल उद्योग परिसङ्घका अध्यक्ष बीरेन्द्रराज पाण्डे तथा पूर्वमन्त्री श्री अनिल सिन्हाले साधारण सभा उद्घाटन गर्नुभयाे

सीएनआईवाइईयएफका अध्यक्ष  मनिष श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्दै युवा उद्यमीहरूको सशक्तीकरणमा मञ्चले खेलेको भूमिकाबारे प्रकाश पार्नुभयाे स्टार्टअप चेयर श्चिराग सरावगीले सीएनआईवाइईयफका विगतका गतिविधि तथा उपलब्धिहरूबारे प्रस्तुतीकरण गर्नुभएको थियो।

साे अवसरमा विगत वर्षमा उत्कृष्ट योगदान पुर्याउने सदस्य तथा च्याप्टरहरूलाई सम्मान पत्र प्रदान गरियो। जसमा समिति तथा कार्यक्रमहरूमा सक्रिय सहभागिताका लागि श्री जितेन्द्र बहातीलाईमोस्ट एक्टिभ मेम्बर (पुरुष)’, प्रमुख पहलहरूमा पुर्याएको योगदानका लागि श्रीमती नेहा अग्रवाललाईमोस्ट एक्टिभ मेम्बर (महिला)’, सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएकोमा श्री सुधिज्ञ पन्तलाईआउटस्ट्यान्डिङ एचिभमेन्ट अवार्डप्रदान गरियो। साथै, सक्रिय सदस्य विस्तार तथा प्रभावकारी कार्यक्रमहरू सञ्चालन गरेकोमा सीएनआईवाइईयफ लुम्बिनी च्याप्टरलाईच्याप्टर ग्रोथ अवार्ड उत्कृष्ट कार्यसम्पादनसहित च्याप्टरलाई अनुकरणीय बनाएकोमा सीएनआईवाइईयफ कोशी च्याप्टरलाईच्याप्टर एक्सेलेन्स अवार्डद्वारा सम्मानित गरियो।

याेजना आयाेगका सदस्य डा. पुकार मल्ल, पुर्व मन्त्री अनिल सिन्हा, परिसंघका अध्यक्ष वीरेन्द्रराज पाण्डेले  नयाँ सञ्चालक समितिलाई पिन लगाउनुभयाे नयाँ बोर्डमा अध्यक्ष श्री सुगम घिमिरे, निवर्तमान अध्यक्ष श्री मनिष श्रेष्ठ, लर्निङ चेयर श्री चिराग सरावगी, मेम्बरसिप एन्ड इन्टिग्रेसन चेयर श्रीमती शाइनी खेतान, स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन चेयर श्रीमती निदा दून मल्ल, गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स चेयर श्री सुजित रेग्मी, कम्युनिकेसन्स एन्ड एक्सपान्सन चेयर श्री पुनीत अग्रवाल स्ट्र्याटेजिक एलायन्स एन्ड कम्युनिकेसन्स चेयर श्री यश अग्रवाल, फाइनान्स एन्ड इन्टरनेसनल रिले्सन्स चेयर श्री अङ्कुर अग्रवाल रहनुभएको छ। यस्तै को-चेयरहरूमा श्रीमती न्यान्सी अग्रवाल (मेम्बरसिप एन्ड इन्टिग्रेसन), श्री सचेत मानन्धर (स्टार्टअप, इन्टरप्रेनरसिप एन्ड इनोभेसन), श्री चेतन प्रधान (गभर्नमेन्ट एन्ड डिप्लोम्याटिक रिले्सन्स) चयन हुनुभएको छ।

सम्बोधनका क्रममा प्रमुख अतिथि डा. मल्लले उद्यमशीलता विकास सुविधा (Enterprise Development Facility) का लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरिएको जानकारी गराउँदै सीएनआईवाइईयफसँग सहकार्य गरेर अघि बढ्न इच्छुक रहेको बताउनुभयाे   परिसंघका अध्यक्ष पाण्डेले देशको आर्थिक समृद्धिमा सीएनआईवाइईयफको भूमिकाको प्रशंसा गर्दै युवा नेतृत्वलाई हाैसला प्रदान गरिनुपर्ने बताउनुभयाे

कार्यक्रमको अन्त्यमा निवर्तमान अध्यक्ष मनिष श्रेष्ठले अतिथिहरूलाई मायाको चिनो प्रदान गर्नुभएको थियो भने नवनिर्वाचित अध्यक्ष सुगम घिमिरेले उपस्थित सम्पूर्णमा धन्यवाद ज्ञापन गर्नुभयो।

Become a CNI Member

Create a "Prosperous Nepal", wherein this prosperity reaches across the country to all our fellow citizens.

TOP